fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ कांग्रेसले भन्यो– खोई ! कहाँ छ दुई तिहाईको सरकार ? (भिडियोसहित)

कांग्रेसले भन्यो– खोई ! कहाँ छ दुई तिहाईको सरकार ? (भिडियोसहित)

bishwoprakash-newskarobar फाइल तस्बिर

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा ‘जस्ट पास’ मात्र भएको बताएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको ठीक ६ महिना पुगेको सन्दर्भमा आफ्ना धारणा तय गर्दै कांग्रेसले सरकारको यस्तो मूल्यांकन गरेको हो ।

आइतबार अपराह्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेकाले जस्ट पासमात्र भएको आफुहरुको मूल्यांकन रहेको बताए । जस्ट पास भएर ‘समृद्ध नेपाली, सुखी नेपाली’ को नारा कार्यान्वयन नहुने भन्दै उनले कमजोरी सच्याउन सरकारलाई आग्रह गरे । ६ महिनामा सरकार सात ठाउँमा चुकेको पनि कांग्रेसको निष्कर्ष छ । राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धि र न्यायालयमाथिको व्यवहारको विषयमा सरकार चुकेको प्रवक्ता शर्माले बताए ।

कांग्रेसको चाहना सरकारले समृद्धिको सपनालाई अघि बढाओस् भन्ने रहे पनि नीति तथा कार्यक्रम र बजेट सोहीअनुसार नआएको प्रवक्ता शर्माले बताए । ‘खोई कहाँ छ दुई तिहाइको सरकार ? कहाँ छ शक्तिशाली प्रधानमन्त्रीको ओझ ?’ उनले प्रश्न गरे ।

 

प्रकाशित समय १७:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु