fbpx
Nepal Mediciti

गृहपृष्ठ दीपकको निर्देशनमा पल, प्रमोद, प्रिन्सी प्रिज्माको भिडियो

दीपकको निर्देशनमा पल, प्रमोद, प्रिन्सी प्रिज्माको भिडियो

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ । खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार उक्त गीत सार्वजनिक गरिएको हो । झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका हुन् । हिमान्सु रायमाझीको शब्द तथा भिम विसीको संगीत रहेको गीतको भिडियोलाई शुभम् भुजेलले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो ।
गायक खरेल र नायक शाहसँग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायाँकन गर्दा रमाइलो भएको अनुभव साटेका छन् । गीत सार्वजनिक भएपछि निर्देशक दीपक आचार्यले यसअघि पनि गायक खरेलको चर्चित गीत चल बतास चल निर्देशन गरेको हिसाबले दोस्रो पटक काम गर्दा खुशी लागेको बताए । सार्वजनिक भएको गीतलाई आफ्नो यसअघिको कामलाई जस्तै गरी माया गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित समय १७:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु