fbpx
Nepal Mediciti

गृहपृष्ठ म्यानचेस्टर डर्वीमा सिटी हावी, उपाधि होड रोमाञ्चक मोडमा

म्यानचेस्टर डर्वीमा सिटी हावी, उपाधि होड रोमाञ्चक मोडमा

म्यानचेस्टर डर्वी भिडन्तमा सिटीले जित दर्ता गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ ।

म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीले उसकै मैदानमा २–० गोलको जित निकालेको हो । जितसँगै सिटीको ८९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछि छ । सिटीसँग पराजित भएपछि युनाइटेडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । युनाईटेड ६४ अंक जोडेर छैटौ स्थानमा छ ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा सिटी हावी भयो । ५४औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६६औं मिनेटमा लिरोए सानेले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

अब तीन खेल बाँकी रहँदा तीनै खेल जितेमा सिटी च्याम्पियन बन्नेछ भने सिटीले अंक गुमाए प्रिमियर लिगको उपाधिमा लिभरपुलको कब्जा हुन सक्नेछ ।

प्रकाशित समय ०८:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु