fbpx
Nepal Mediciti

गृहपृष्ठ आईपीएल : बेंगलोरको प्लेअफ पुग्ने सम्भावना बाँकी

आईपीएल : बेंगलोरको प्लेअफ पुग्ने सम्भावना बाँकी

इण्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जावलाई हराएको छ । १७ रनको जितसँगै बेंगलोरको प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।

चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन जोडेको थियो । एबी डी भिलियर्स र मार्क स्टोनिसले महत्वपूर्ण साझेदारी गरेपछि बेंगलोर राम्रो योगफलतर्फ अघि बढ्यो । पाँचौं विकेटका लागि उनिहरुले आविजित १ सय २१ रनको साझेदारी गरे । डी भिलियर्सले ८२ रनको आक्रामक पारी खेले खेले । मार्क स्टोनिसले ४६ रन बनाए ।

२०३ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा सात विकेट गुमाउँदै १८५ रन मात्र जोड्न सक्यो । पञ्जावका लागि निकोलास पुरनले सर्वाधिक ४६ रनको योगदान गरे । केएल राहुलले ४२, मायंक अग्रवालले ३५, डेविड मिलरले २४ तथा क्रिश गेलले २३ रन जोडे पनि हार टार्न भने सकेनन् ।

बेंगलोरका लागि उमेश यादवले तीन विकेट लिए भने नवदीप सैनीले दुई विकेट लिए ।
बेंग्लोरको ११ खेलबाट ८ अंक बनेको छ । बेंगलोर पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । पञ्जावको १० अंक छ ।

प्रकाशित समय ०७:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु