गृहपृष्ठ आईपीएल : कोहलीले उत्कृष्ट प्रदर्शन गरेपछि कोलकाता पराजित

आईपीएल : कोहलीले उत्कृष्ट प्रदर्शन गरेपछि कोलकाता पराजित

birat-kohli-newskarobar

आईपीएलको शुक्रबार राति भएको खेलमा बैंग्लोरसँग कोलकाता १० रनले पराजित भएको छ । विराट कोहलीले विस्फोटक ब्याटिङ गरेपछि २१३ रनको विशाल योगफल बनाएको बैंग्लोरविरूद्ध जवाफी ब्याटिङ गरेको कोलकाताले २०३ रनमात्र बनाउन सक्यो ।

कोलकाताको घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको बैंग्लोरका लागि कोहलीले ५८ बलमा १०० रन प्रहार गरे भने मोहिन अलीले २८ बलमा ६६ रन जोडेका थिए । २१४ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि नितिश रानाले अभिजित ४६ बलमा ८५ तथा आन्द्रे रसेलले २५ बलमा ६५ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । आन्द्रले ९ छक्का र २ चौका प्रहार गरेका थिए ।

बैंग्लोरले ९ खेलमा दोस्रो जित निकालेको हो । ९ खेलमा ४ खेलमात्र जितेको कोलकाला लिग तालिकामा छैटौं नम्बरमा छ भने बैंग्लोर अन्तिम नम्बरमा छ । ९ खेलमा ७ जित निकालेको चेन्नेई तालिकाको पहिलो स्थानमा छ भने सन्दीप लामिछाने खेलिरहेको टिम दिल्ली तेस्रो नम्बरमा छ ।

प्रकाशित समय ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु