गृहपृष्ठ सलाह र मानेको गोलमा लिभरपुलले जोड्यो महत्वपूर्ण तीन अंक

सलाह र मानेको गोलमा लिभरपुलले जोड्यो महत्वपूर्ण तीन अंक

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।

एनफिल्डमा मैदानमा लिभरपुलले चेल्सीमाथि दुई–शून्य गोलको जित दर्ता गरेको हो । लिभरपुलाई जिताउन साडियो माने र मोहम्मद सलाहले गोल गरे । जितसँगै लिभरपुल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१औं मिनेटमा साडियो मानेले गोल गरे । त्यसको दुई मिनेट नबित्दै मोहम्मद सलाहले प्रहार गरेको बलले पोस्टको जाली चुम्यो ।

चेल्सी खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । एनफिल्डमा चेल्सीमाथि लिभरपुलले २०१२ पछि पहिलो जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावनालाई पनि जीवितै राखेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २ अंकले पछि छ ।

३४ खेलबाट लिभरपुलको ८५ अंक छ भने सिटीको ३३ खेलबाट ८३ अंक छ । चेल्सी ३४ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा कायम छ ।

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु