fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा, जिरुडको ह्याट्रिक

चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा, जिरुडको ह्याट्रिक

चेल्सी युरोपा लिगको क्वाटरफलाइनलमा पुगेको छ ।

फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडको ह्याट्रिकमा चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत प्रि(क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५–० को फराकिलो जित दर्ता गरेको हो । यससँगै चेल्सी समग्रमा ८–० ले विजयी भएको हो ।

खेलको पाँचौ मिनेटमा नै जिरुडले चेल्सीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्कोस अलोंसोको क्रसमा फेरि उनले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा अलोन्सोले गोल गरे ।
जिरुडले विलियनकै कर्नरमा हेडरमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । प्रतियोगितामा उनको यो नवौं गोल हो । ७८ औं मिनेटमा हड्सन ओडोईले उत्कृष्ट गोल गर्दै जित सुनिश्चित पारे ।

चेल्सीले अब प्रिमियर लिगमा आइतबार एभरटनको सामना गर्नेछ ।

प्रकाशित समय ०८:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु