गृहपृष्ठ साफ च्याम्पियनसिपबाट भुटान घर फर्कियो, नेपाल र बंगलादेश सेमिफाइनलमा

साफ च्याम्पियनसिपबाट भुटान घर फर्कियो, नेपाल र बंगलादेश सेमिफाइनलमा

भुटान दुई खेलमा पराजित भएसँगैसाफ च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगरको सहिद रंगशालामा विहीबारको खेलमा बंगलादेशसँग २–० गोलले पराजित भएपछि भुटान घर फर्केको हो । यसअघि नेपालसँग पनि ३–० ले पराजित भएको थियो । बंगलादेश र नेपाल एक खेल अगावै सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ मा नेपाल र बंगलादेशको समान ३ अंक छ । समूहको विजेता भने दुई टिमबीचको शनिबारको खेलबाट टुंगो लाग्नेछ । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ ।

समूह बीका श्रीलंका र माल्दिभ्सबीचको खेल शुक्रबार हुनेछ । समूह बीमा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ ।

प्रकाशित समय १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु