fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी

sports-journalist-newskarobar

एक मत अन्तरले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको मञ्च गण्डकीको प्रथम अधिवेशनबाट दीननाथ बराललाई एक मत अन्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष गिरीले २४ मत ल्याएका थिए भने बरालले २३ मत ल्याए । मञ्चमा ५१ मतदाता रहेकोमा ४८ मत खसेको थियो भने एक मत बदर भएको थियो । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा शशी पौडेल र सदस्यहरुमा खुला तर्फबाट उमेश पुन, नारायण शाही, रोशन अधिकारी, सुशील नेपाली (दलित), कविता घर्तीमगर (महिला) र गीता रानामगर (आदिवासी जनजाति) बाट निर्विरोध चयन भए ।

यसअघि, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पोखरामा १८ हजार दर्शक क्षमताको प्यारापिटसहितको फुटवल रंगशाला निर्माण हुने बताए । आइतबार उक्त रंगशालाको शिलान्यास हुँदै छ । राखेप सदस्य गुरुङले खेलकुद पत्रकारमा खोज पत्रकारिता आवश्यक भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवालीले पोखराका खेलकुद पत्रकारमा विश्लेषणात्मक लेखनको कमी औंल्याए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले खेलकुद पत्रकारमा पनि पत्रकारको शुद्धीकरण आवश्यक भएको बताए ।

प्रकाशित समय २०:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु