गृहपृष्ठ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी प्रशिक्षणमा व्यस्त

महिला साफ च्याम्पियनसिपका लागि खेलाडी प्रशिक्षणमा व्यस्त

आगामी फागुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबलका लागि खेलाडीहरु प्रशिक्षणमा व्यस्त भएका छन् । विराटनगरको शहीद रङ्शालामा हुने उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ ।विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त बनाउने काम भइरहेको प्रशिक्षक खड्काले बताए ।

घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपका लागि यसपटक खेलाडीहरुलाई तीव्र तयारीका साथ प्रशिक्षण दिइएको खड्काले बताए । खेलाडीहरु पनि अन्तिम तयारीमा जुटिसकेका छन् ।यसअघि भएका प्रतियोगिताहरुमा नेपाल ३ पटक फाइनल र १ पटक सेमिफाइनलमा पुगेको थियो ।

नेपाली टोली यसपटक भने उपाधि कब्जा गर्ने दाउमा छ । पहिलो पटक विराटनगरमा हुन लागेको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता विराटनगरको खुशीको विबषय भएकोले खेल क्षेत्रका व्यक्तिहरु उत्साहित छन् ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु