गृहपृष्ठ भैँसेपाटीस्थित गोदाममा लागेको आगो नियन्त्रणमा

भैँसेपाटीस्थित गोदाममा लागेको आगो नियन्त्रणमा

सांकेतिक तस्बिर ।

ललितपुरस्थित भैँसेपाटीमा भएको आगलागी नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार केहीबेर पहिले आगो नियन्त्रणमा आएको हो ।

प्रहरीका अनुसार दिउँसो १ बजेबाट बीएनआरओ गोदाममा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका दमकलले आगो निभाएका थिए ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु