fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ सवारी दुर्घटना रोक्न ट्राफिक कम्युनिकेसन एप

सवारी दुर्घटना रोक्न ट्राफिक कम्युनिकेसन एप

सवारी दुर्घटना नियन्त्रण गर्न प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ ।

लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल–१२ भूमहीबाट एपको सुभारम्भ गरेको हो ।

चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याइएको एप प्रयोगमा आएपछि लामो दुरीमा चल्ने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने छ । पहिलो चरणमा काठमाडौंको नागढुंगा, सर्लाहीको कर्मैया, नवलपरासीको भूमही र बाँकेको कोहलपूरमा एप सञ्चालनमा आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

लामो दुरीमा चल्ने सवारी साधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित बिन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीहरुले चेकिङ पोइन्टहरुमा जाँचको क्रममा चालकको फोटो र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

ट्राफिकले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर, टाइम कार्ड समेत चेक गर्ने सुविधाले चालकले झुक्याउन सक्दैनन् । यसमा ट्राफिक म्यासेज ब्रोडकास्टिङको व्यवस्थासमोत छ ।

एपको प्रयोगले समयको पालना, गति नियन्त्रण भई सवारी न्यूनिकरण हुने ट्राफिक प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए । संयुक्त राष्ट संघको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गर्छन् । नेपालमा हरेक वर्ष करिब दुई हजारको सवारी दुर्घटनामा ज्यान गुम्ने गरेको छ ।

प्रकाशित समय १९:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु