fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ चितवनमा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई पक्राउ

चितवनमा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई पक्राउ

pakrau-newskarobar

चितवनको सौराहामा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोहल्वी नगरपालिका घर भई सौराहामा डेरा गरी बस्ने २२ वर्षीय अजय कुमार र ३० वर्षीया गंगा चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

रक्सी पिएर बालिकालाई ललाइफकाइ दुवै जनाले जबर्जस्ती करणी गरेका थिए । करणी गरेपछि चार किमी पर सौराहाको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले बताए । पीडितकी आमाले प्रहरीलाई सूचना दिएको डेढ घण्टाभित्र उनीहरू पक्राउ परेका हुन् ।

टाँडी प्रहरीले पछिल्लोपटक हिंसा र आपराधिक घटनालाई नियन्त्रण गर्ने अभियान चलाएको छ । यस्ता खालका घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने गरिएको छ । तर पनि घटना नियन्त्रण हुन सकिरहेको छैन । (रासस)

प्रकाशित समय १३:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु