fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ डोटीमा रक्सी पिएर गाडी हाँक्ने सय जनाभन्दा बढीलाई कारबाही

डोटीमा रक्सी पिएर गाडी हाँक्ने सय जनाभन्दा बढीलाई कारबाही

traffic-police-newskarobar फाइल तस्बिर

जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले रक्सी पिएर गाडी हाँक्ने सय जनाभन्दा बढीलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार यो वर्षको पुससम्ममा रक्सी पिएर सवारी हाँक्ने र नियम उल्लंघन गर्ने २५० लाई कारबाही गरी ट्राफिक सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

डोटी ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेहरुबाट चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १० लाख ३० हजार राजस्व संकलन गरेको छ । जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाउने गरेपछि ट्राफिकले सक्रियता बढाएको हो ।

डोटीमा चालक अनुमतिपत्र (लाइसेन्स) बिना र रक्सी पिएर गाडी हाँक्ने तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई मोटर चलाउने क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा चालकको लापर्बाहीका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गएको स्थानीय बताउँछन् ।

प्रकाशित समय ०८:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु