गृहपृष्ठ लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी घुम्न निम्तो

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी घुम्न निम्तो

२५६३ औ बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिएको छ । लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् ।

सो अवरसमा राष्ट्रपति भण्डारीले शान्ति, अहिंसा र करुणको पर्वको रुपमा बद्ध जयन्ती मनाउनुपर्ने बताइन् । विश्वमा शान्तिको भावना जागृत गर्न बुद्धको विशेष भूमिका रहेको उनले बताइन् । दिगो शान्ति बिना विकास सम्भव नरेहको भन्दै राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न आग्रह गरिन् ।राष्ट्रपति भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा जोड दिइन् । बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले बुद्धको महिमा अहिले पनि उत्तिकै रहेको बताए । बुद्ध र बुद्धका विचारहरु २१ औै शताब्दीमा पनि कायम रहेको भन्दै संयुक्त राष्ट्रसंघले पनि बैशाख डे को रुपमा मनाउने घोषणा गरे अनुसार बैशाख डे समेत मनाउदै आएको बताए । प्रधामन्त्री ओलीले सबैको साझा पहलबाट मात्रै शान्ति कायम हुने बताए ।  प्रधानमन्त्री  ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताए ।

लुम्बिनीलाई लुम्बिनीको जस्तै बनाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए ।  ‘कपिलवस्तुको विकास विशेष हुने छ’ उनले भने, नेपाल अब कहिल्यै पनि अशान्तिको देश हुँदैन ।’ कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सकारले सुरुवात गरेको लुम्बिनी भ्रमण बर्ष आफैंमा गौरवपूर्ण बर्ष हुने बताए । कार्यक्रममा प्रदेश ५ का उद्योगपर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारले एक बर्षमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको बताए ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु