fbpx
Nepal Mediciti

गृहपृष्ठ धनुषा जिसस सभापति भन्छन्- गर्मी ठाउँका केटीहरु २० वर्षसम्म अविवाहित बस्न सक्दैनन्

धनुषा जिसस सभापति भन्छन्- गर्मी ठाउँका केटीहरु २० वर्षसम्म अविवाहित बस्न सक्दैनन्

महिला अधिकारकर्मी भन्छन्- जिसस सभापतिको गलत मानसिकता

ram-banrait-yadav-newskarobar

धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव वनरैत यादवले सरकारले केटीहरुको विवाह गर्ने उमेर २० वर्ष तय गरेर भुल गरेको बताएका छन् । जनकपुरमा महिला सुरक्षा आवास निर्माण र मनोविमर्श केन्द्र सञ्चालनमा स्थानीय र प्रदेश सरकारको जवाफदेहिता विषयक अन्तक्र्रियामा विशिष्ठ अतिथिसमेत रहेका सभापति यादवले तराईमा बालिकाको विवाह गर्ने उमेर १६ देखि १८ नै ठीक रहेको जिकिर गरे ।

बालिकाहरुको बिहे गर्ने उमेर २० वर्ष उपयुक्त नभएको उनको तर्क छ । ‘अहिले गाउँ–गाउँमा बालविवाह भइरहेको छ, बालविवाह रोक्ने प्रयास गर्दा भारतीय भूमिमा गएर पनि विवाह भइरहेको छ,’ उनले भने । तराइ मधेस गर्मी क्षेत्र भएकाले यहाँका केटीमान्छे २० वर्षसम्म अविवाहित बस्न नसक्ने उनको बुझाइ छ ।

आमाबाबुले बिहे गरिदिन २० वर्षसम्म पर्खिए पनि छोरीहरु बीचमै अर्को केटासँग विवाह गरेर भाग्ने भएकाले तराई जस्तो गर्मीमा २० वर्ष विवाहको उमेर मान्य नभएको जिसस सभापति यादवले बताए । ‘चिसो ठाउँ हुने पहाड र हिमालमा २० वर्ष तोकिनुपर्छ तर तराईमा होइन,’ उनले भने ।

ram-banrait-yadav-newskarobar1

सभापति यादवको कुरा सुनेपछि कार्यक्रममा सहभागी महिला अधिकारकर्मी छक्क परेका थिए । उनीहरुले जिल्ला समन्वय समितिका सभापति जस्तो मान्छेले यस्तो कुरा गर्नु खराब मानसिकताको उपज भएको बताए । गर्मी मौसम र चिसो मौसमले केटी मान्छेको २० वर्षको उमेरलाई केही फरक नपार्ने तर सभापतिको सोचाइ गलत रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित समय १६:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु