गृहपृष्ठ झापामा चट्याङ लागेर एकजनाको मृत्यु

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

chattyang-nweskarobar

झापाको भद्रपुर नगरपालिका–६ मा गए राति चट्याङ लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । बिहान साढे २ बजे सामान्य वर्षा भइरहेको अवस्थामा अचानक चट्याङ लाग्दा स्थानीय ३२ वर्षीय भीम राजवंशी गम्भीर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटोमै मत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु