गृहपृष्ठ कछुवा गतिमा पुनर्निर्माण, सम्पदा निर्माणमा सुस्तता (फोटो फिचर)

कछुवा गतिमा पुनर्निर्माण, सम्पदा निर्माणमा सुस्तता (फोटो फिचर)

प्राधिकरण राजनीतिले थला, लाभग्राहीलाई झमेला

आज वैशाख १२ गते । विनाशकारी भूकम्प गएको चार वर्ष पूरा भएको छ । चार वर्षमा अझै पुनर्निर्माण सम्पन्न गर्न नसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकार गरेको छ ।

पुनर्निर्माणका लागि आवश्यक पर्ने लागत रकम नै जुटाउन नसकिएकाले पुनर्निर्माणले गति लिन नसकेको हो । प्राधिकरण गठन हुनमा नै भएका ढिलासुस्ती, प्राधिकरणका नेतृत्वमा भएको राजनीतिक हस्तक्षेप, प्राधिकरणका कर्मचारीहरूले गरेको आन्दोलन र लाभग्राहीका लागि रकम निकासामा भएका झमेलाका कारण पुनर्निर्माण सुस्त भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीका अनुसार समग्र पुननिर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएकोमा आव ०७४र७५ सम्म कुल १ खर्ब ८६ अर्ब रुपैयाँ खर्च भएको छ भने चालू आर्थिक वर्षमा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको छ ।

निजी आवासमा ७ लाख ६२ हजार ३०७ सात घरपरिवारले अनुदान सम्झौता गरेकोमा हाल ६ लाख १२ हजार ९३५ घरपरिवार अहिले पुनर्निर्माण प्रक्रियामा भएको ज्ञवालीले जानकारी दिए, यीमध्ये ५० प्रतिशत अर्थात् ३ लाख ८२ हजार २७७ घरमात्र निर्माण सम्पन्न भएका छन् ।

जोखिममा परेका वर्ग र भूमिहीन तथा सुकुम्बासीका लागि स्थानीय तहसँगको सहकार्यमा व्यवस्थापनको काम भइरहेको उनले बताए । अझै धेरै लाभग्राहीहरूले दोस्रो किस्ताका रकम नै बुझेका छैनन । यसका कारण पनि पुनर्निर्माण प्रभावित बनेको हो ।

भूकम्पबाट ७ हजार ५५३ विद्यालयहरू भत्किएकामा ४ हजार ४७६ विद्यालयको निर्माण सम्पन्न भएको र १ हजार ७७२ विद्यालय निर्माणाधीन रहेको ज्ञवालीले जानकारी दिए ।

पुरातात्विक सम्पदाहरू निर्माणमा कलात्मकको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायसँगको सम्बन्धका कारण निर्माणमा समय लागेको उनले बताए । यद्यपि पुननिर्माण कार्यप्रति विश्व समुदायले प्रशंसा गरिरहेको उनले दाबी गरे ।

लाप्राकको बस्ती १२ गते हस्तान्तरण नहुने

यसैबीच, गोरखाको लाप्राकमा एनआरएनले बनाएको बस्ती वैशाख आज हस्तान्तरण नहुने भएको छ । हालसम्म बस्ती निर्माण नै पूरा नभएकाले तोकिएको मितिमा हस्तान्तरण हुन नसक्ने भएको हो ।

कस्तो छ त सम्पदाहरुको पुनर्निर्माणको अवस्था । फोटोमा हेर्नुहोस् ।

प्रकाशित समय ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु