fbpx
Nepal Mediciti

गृहपृष्ठ भृकुटी मण्डप मेलामा बर्षभरिलाइ जुत्ताचप्पल किन्दै ग्राहक, ग्राहकलाई ६० प्रतिशतको भारी छुट(फाेटाे फिचर)

भृकुटी मण्डप मेलामा बर्षभरिलाइ जुत्ताचप्पल किन्दै ग्राहक, ग्राहकलाई ६० प्रतिशतको भारी छुट(फाेटाे फिचर)

चाबहिलबाट भृकुटीमण्डपमा चलिरहेको एक्स्चेन्ज मेलामा मोटरसाइकल साट्न पुगेका सरकारी कर्मचारी रमेश जोशी त्यहाँ चलिरहेको काठमाठौं जुत्ताचप्पल बिजनेस मेला अबलोकन गर्न पसेका थिए । नेपालका नाम चलेका जुत्ताचप्पल कम्पनीले गरिरहेकको मेलामा सस्तोमा पाएपछि उनी नकिनिरहन सकेनन् । उनले घरमा श्रीमती, छोराछोरी र बाबुआमालाई समेत जुत्ताचप्पल किनेको बताए । ‘बजारमा भन्दा सस्तो पाएँ, ‘ उनले सुनाए, ‘त्यसैले आफूलाई मात्र किन्न आएको बेला परिवारका सबैका लागि किने ।’
उले जस्तै कलंकीकी रोशनी पराजुलीले पनि आफ्ना लागि ३ जोर चप्पल किनिन् । ‘बजारमा छान्दै हिँड्न पथ्र्यो,’ उनले भनिन्, ‘मेलामा किन्दा निकै सस्तो महसुस भयो । त्यही जुत्ताचप्पल बजारमा दोब्बर तिर्नु पथ्र्यो । त्यसैले मैले बर्षभरिका लागि किने ।’
राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलालाई मौकाको रुपमा लिएका छन् । उनीहरुले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल मेलामै किनेको बताइन् । ‘बजारमा भन्दा सस्तो पाएकाले बर्षभरिलाई पुग्ने गरी किने, उनले भनिन्, बजार चाहारिरहनु परेन । एकै ठाउँमा सबै चर्चित ब्राण्डका जुत्ताचप्पल पाइयो ।’
तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । नेपाली जुत्ताचप्पल उद्योगी समुहले राजधानीको भृकुटीमण्डप प्रवेश द्वारमा सुरु गरेको मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड, ल्यण्डवाक र ग्याज फेसन कम्पनी मिलेर बुधबारदेखि मेला सु गरेका हुन् ।
मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने सहभागी सु ल्याण्डका सुरज बन्जाडेले बताए । मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ ।
जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि स्वदेशमै जुत्ताचप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्राण्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दावी छ ।
मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन् । गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको रनसुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए । मेलामा आफ्नो आवश्यकताअनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ताचप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने न्यौपानेले दावी गरे । मेलामा सहभागी कम्पनीहरुले २ हजारभन्दा बढी आधुनिक डिजाइनका जुत्ताचप्पल राखेको बताएका छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा ३ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध गराइएको आयोजकको भनाइ छ । गर्मी, स्कुल कलेजको भर्ना सिजन र नयाँ बर्षलाई लक्षित गरेर उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल मेलाका आकर्षण छन् ।

प्रकाशित समय ०६:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु