fbpx
Nepal Mediciti

गृहपृष्ठ सुर्खेत उपत्यका चक्रपथ निर्माणको काम लथालिङ्ग

सुर्खेत उपत्यका चक्रपथ निर्माणको काम लथालिङ्ग

सम्झौता भएको समय सकिन लाग्दा पनि सुर्खेत उपत्यका चक्रपथ निर्माणको काम सुरु भएको छैन । दुई वर्षभित्र निर्माण गर्ने गरी २०७४ चैत्र २३ गते ठेक्का सम्झौता भएको थियो । अब समय सकिन केही महिनामा बाँकी छ । तर चक्रपथ निर्माणको काम भने सुरु भएको छैन ।

सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का व्यवस्थापन गरेको चक्रपथको काम केही महिना त संघले हेर्नेकी प्रदेशले हेर्ने भन्ने बिषयमा अल्झियो । गत फागुन महिनामा प्रदेश मातहतको चौरजहारी सडक डिभिजनले चक्रपथको काम हेर्ने गरी जिम्मा पाएको थियो । अहिले भने जग्गा विवादमा अल्झिएको छ ।

चौरजहारी सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जग्गा विवादका कारण काम रोकिएको बताए । उनले भने ‘वीरेन्द्रनगर चक्रपथको काममा नीजि जग्गा धनीहरुको विवाद छ । त्यसैले काम अगाडि बढ्न सकेको छैन । ’ अधिकांश क्षेत्रमा जंगल पर्दछ । उनले थपे, ‘वनक्षेत्रको वातावरणीय परीक्षणको काम सञ्चालनमा छ । जग्गा तथा बनक्षेत्रको विवाद समाधान हुने बित्तिकै चक्रपथको काम सुरु हुन्छ ।’

उनका अनुसार चक्रपथ भित्र पर्ने जग्गा अधिकांश अ‍ैलानी भएको र विवाद समाधानको लागी वीरेन्द्रनगरका प्रमुख सहितको टोली धेरैपटक छलफलमा बसेका छन् । सुर्खेत उपत्यका चक्रपथ निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी खड्का–कृष्ण, क्याराभान जोइन्ट भेन्चरका ठेकेदार सचिन थापाले भने सम्बन्धित कार्यालयले कामको आदेश नदिएको कारण काम गर्न ढिलाई भएको बताए ।

उनले भने  ‘सुर्खेत उपत्यका चक्रपथ भित्रको बाटोमा ९५ प्रतिशत भन्दा बढि विवाद छ । ५० प्रतिशत भन्दा बढि त वनक्षेत्र नै पर्छ । चक्रपथको विवाद समाधान गरेर सम्बन्धित कार्यालयले कामको आदेश दिने बिक्तिकै काम सुरु गर्छु ।’ चक्रपथ कति मिटर चौडा गराउने भन्ने विषयमा नै कार्यालय अन्यौलमा छ । उनका अनुसार सडक डिभिजनले बैशाखको पहिलो हप्ता भित्रै चक्रपथको विवाद समाधान गरी काम अगाडि बढाउने आश्वासन दिएको छ ।

उता वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देबकुमार सुबेदिले ३० मिटरको चौडाईमा चक्रपथ निर्माण गर्ने गरी नगरसभाले निर्णय गरेको बताए । उलने भने ‘चक्रपथ निर्माणका लागी सबैभन्दा ठूलो समस्या जग्गा विवाद हो । जग्गा धनीहरुलाई क्षतीपुर्ती दिनको लागी मापदण्ड छैन । सहमतिमै विवाद समाधानको तयारीमा लागेका छौं । ’ सुर्खेत उपत्यका चक्रपथको २०७६ चैत्र २३ गते सम्झौता मिति सकिनेछ । २९ किलोमिटर चक्रपथ निर्माणका लागि १३ करोड, ५३ लाख ५२ हजार बजेट रहेको छ । १५ मिटरको चौडाईमा चक्रपथ निर्माण हुन लागेको चौरजहारी सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०६२/०६३ उपत्यका चक्रपथ निर्माण योजना थालिएको थियो । तत्कालीन गाउ““ विकास समितिलाई दिनुपर्ने बजेट रकमान्तर गरी जिल्ला विकास समितिले ४१ लाख रुपैया“ चक्रपथ निर्माणका लागि विनियोजना गरेको थियो । यसअघि नै ट्रयाक खोलिएको डेढ दशक हु“दा पनि निर्माणको काम एक प्रतिशत निभएको छैन ।

प्रकाशित समय ०७:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु