गृहपृष्ठ जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले दिए धर्ना

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले दिए धर्ना

पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा आज धर्ना दिएका हुन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् ।

देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।पत्रकारहरुले विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ खारेजीको माग गरेका छन् ।

मोरङका पत्रकारहरुले पनि जिल्ला प्रशासनकार्यालय अगाडी धर्ना दिएका छन् । नेपालपत्रकार महासंघ मोरङको अगुवाइमा जिल्लाका पत्रकारहरुले १ घण्टा धर्ना दिएका हुन् ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु