fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ बाढीबाट विस्थापितको घर सरकारले बनाइदिने, किसानलाई क्षतिपूर्ति पनि दिने

बाढीबाट विस्थापितको घर सरकारले बनाइदिने, किसानलाई क्षतिपूर्ति पनि दिने

चार वर्षअघि बाढीका कारण विस्थापित बनी पालमुनी बस्दै आएका सुर्खेतका बाढी पीडितका घर असार अगाडि नै बनाउने तयारी गरिएको छ । मंगलबार राति बसेको कर्णाली प्रदेशको ४० औँ मन्त्रिपरिषद् बैठकले बढी पीडितलाई घर निर्माणका लागि प्रतिपरिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता बिमला केसीले बुधबार पत्रकार सम्मेलन गरी बैठकले गरेका निर्णय सार्वजनिक गरेकी हुन् । उनले बाढीपीडितलाई एकीकृत बस्ती पुनःस्थापना मोडेलबाट बस्ती बसाउने तयारी रहेको जानकारी दिईन् । ‘हामीले सुर्खेतका बाढीपीडितका लागि मात्रै सोचेका छैनौं,’ उनले भनिन् ‘प्रदेशभर पहिरोमा परी घरबिहीन भएकाहरुका लागि पनि केही गर्दैछौँ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठित समितिले दिएको तथ्यांकका आधारमा १ हजार ४५ घरपरिवारलाई तीनलाख रुपैयाँका दरले राहत रकम दिने निर्णय भएको उनले बताईन् ।

मन्त्री केसीले थपिन् ‘जग्गा भएकाहरुको हकमा तत्काल रकम वितरण गरी घर निर्माणको काम शुरु हुनेछ भने जग्गा नै नभएकाहरुको हकमा तीन तहका सरकार सँगको छलफलपछि उपयुक्त स्थानमा एकीकृत बस्ती निर्माणको काम सुरु गरिने छ ।’

मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशका विभिन्न ठाउँमा असिनाका कारण किसानहरुको बालीनाली क्षति भएकाले राहतका लागि २ करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ । १५ दिनभित्र राहत प्रदान गरिने गरी प्रारम्भिक रकम छुट्याइएको र आवश्यक परेको खण्डमा अरु बजेट पनि विनियोजन गरिने मन्त्री केसीले बताईन् ।

प्रकाशित समय १९:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु