fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ बारा र पर्साका हुरीपीडितको बिजोग, हावापछि डुबानको समस्या

बारा र पर्साका हुरीपीडितको बिजोग, हावापछि डुबानको समस्या

बारा र पर्साका हावाहुरीपीडित डुबानको समस्यामा फँसेका छन् । आसिनासहितको पानीका कारण उनीहरुको झन् बिजोग भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पानीका कारण राहत वितरणको काम रोकिएको छ ।

हुरीले घर उडाएका पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा छन् । राहतमा टेन्ट पाए पनि भुइँमा पानी जमेपछि उनीहरुको विचल्ली भएको हो । गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २९ जनाले ज्यान गुमाएका थिए पनि ६ सय जना घाइते भएका थिए । करिब एक हजार घर पूर्ण रुपमा भत्किएका थिए भने एक हजार घरमा आंशिक क्षति भएको थियो ।

प्रकाशित समय १२:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु