गृहपृष्ठ ट्राफिक व्यवस्थापन सुधार्न तीन महिने कार्ययोजना

ट्राफिक व्यवस्थापन सुधार्न तीन महिने कार्ययोजना

Traffic Interation_NewsKarobar

उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि ३ महिने कार्ययोजना तयार पारिएको छ । कार्ययोजनाअन्तर्गत रिङरोड भित्रका कोरिडोर सञ्चालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ बनाउने कार्यक्रम रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

यस्तै ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षणमा ब्यापकता दिने, बस पकेट नियमन गरी सञ्चालनमा ल्याउने र पार्किङ व्यवस्थापन गर्ने लगायतका कार्यक्रम रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख पन्तले बताए ।

कार्ययोजनाका सन्दर्भमा सरकारी तथा गैरसरकारी निकायसँग आयोजित छलफल कार्यक्रममा  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्ययोजना दीर्घकालीन रुपमा लागू हुने बताउँदै कार्ययोजनालाई सामान्य पूर्वाधारको रुपमा खडा गरी काम गर्न सक्छौं भन्ने कुरा प्रदर्शन गर्न आग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु, सडक विभागका निर्देशक, यातायात व्यवस्था विभागका निर्देशक, गुणस्तर तथा नाप तौल विभागका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण काठमाडौंका प्रतिनिधि, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरका क्षेत्रीय निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिलगायत अन्य सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु