fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ ‘वडा सचिव नहुँदा विकास रोकियो’

‘वडा सचिव नहुँदा विकास रोकियो’

belaka nagarpalika

बेलका नगरपालिकाको ९ वटै वडामा वडा सचिव नहुँदा विकासका काम प्रभावित बनेको छ । वडासचिवको अभावले सेवा नपाउँदा सेवाग्राही मारमा परेका छन् । वडाहरुमा प्राविधिकको समेत अभाव हुँदा विकासको काम ठप्पप्राय बनेको बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत पुष्कर भट्टराईले बताए । नगरपालिकाले दुर्ई जना नायव सुब्बा पाए पनि अन्य कर्मचारीको पदस्थापन नहुँदा समग्र नगरपालिका प्रभावित बनेको उनले बताए ।

विकासका काम प्रभावित भएपछि नगरपालिकाले सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जनशक्ति योजना तथा विकास शाखालाई नगरमा कर्मचारी पुदपूर्तिका लागि पत्राचार गरेको छ । ‘यस नगरपालिकामा ९ वडा छन्, हालसम्म ९ वटै वडामा सचिव नभएको, सचिवको जिम्मेवारी सामाजिक परिचालक तथा कारारमा नियुक्त कार्यालय सहयोगीबाट भइरहेको हुँदा जनतालाई सेवा दिनुपर्ने महत्वपूर्ण स्थान वडाको सेवा प्रवाह सचिवको अनुपस्थिति तथा आवश्यक प्राविधिक नभएकै कारण समग्र नगरपालिकाको काममा कठिनाइ भइरहेको छ,’ नगरपालिकाका प्रशासकीय अधिकृत भट्टराईले मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ ।

नगरपालिकाको तर्फबाट पत्र बुझाउन गएका बेलका विकास समाजका पदाधिकारीले बेलका कर्मचारी नहुँदा बेलकाका जनताले दुख पाएको भन्दै सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाका प्रमुख बन्धुप्रसाद बास्तोलाको ध्यानाकर्षण गराएका थिए । पत्र बुझेपछि बास्तोलाले बेलकाको समस्या आफूले बुझेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिए ।

प्रकाशित समय १४:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु