fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ काठमाडौंको धुलो ब्रुमरले बढार्ने, कहाँ–कहाँ चल्छन् ब्रुमर ? 

काठमाडौंको धुलो ब्रुमरले बढार्ने, कहाँ–कहाँ चल्छन् ब्रुमर ? 

काठमाडौं महानगरपालिकाले यान्त्रिक कुचोले सडक सफा गर्ने भएको छ । महानगरले मंगलबारदेखि ब्रुमरले सडक सफा गर्न लागेको हो । महानगरका अनुसार इटालीबाट ल्याइएको ब्रुमरले रत्नपार्कबाट सडक सफा गर्ने छ ।

ती ब्रमुर कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिने महानगरले जनाएको छ ।

काठमाडौंमा अत्याधिक धुलो बढेपछि महानगरले ब्रुमर ल्याएको हो ।ब्रुमरले सडक सफा गर्न थालेपछि काठमाडौंको धुलो  कम हुने  अपेक्षा छ । झण्डै ११ करोड रुपैयाँमा ५ वटा ब्रुमर ल्याइएको थियो ।

प्रकाशित समय ११:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु