fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नागरिकता पीडितको आन्दोलनमा राजपा विद्यार्थीको ऐक्यबद्धता

नागरिकता पीडितको आन्दोलनमा राजपा विद्यार्थीको ऐक्यबद्धता

जन्मसिद्ध नागरिकका सन्तान भएर पनि नागरिकता पाउन नसकेको भन्दै विराटनगरमा रिले अनशन बसिरहेका युवाहरुको मागमा राष्ट्रिय विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ । रष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ मोरङका अध्यक्ष विपुल झाले नागरिकता पीडित युवाहरुको आन्दोलमा ऐक्यबद्धता जनाएका हुन् ।

राज्य यस विषयमा संवेदनशील नभएकाले समर्थन जनाएको अध्यक्ष झाले बताए । उनले जन्मसिद्धका आधारमा २०६३ सालमा नागरिकता पाएका अभिभावकका धेरै सन्तान उमेर पुगेर पनि लामो समयदेखि नागरिकताविहीन भएको बताए ।

युवाहरु नागरिकता पीडित संघर्ष समितिको अगुवाइमा आमाको नामबाट नागरिकता र जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइनु पर्ने, महिला र पुरुषबीचको विभेदको अन्त्य हुनुपर्ने, सर्वोच्च र उच्च अदालतको परमादेशको पालना हुनुपर्ने लगायतका माग गर्दै अनसन बसेका हुन् ।

२०४६ साल अघि जन्मिएका जुनसुकै नेपाली नागरिकलाई २०६३ सालमा जन्मका आधारमा नागरिकता दिइएको थियो । २०६३ मा जन्मसिद्ध नागरिकता लिएकाका सन्तानले भने अहिले वंशजको नागरिकता पाउन सकेका छैनन् ।

प्रकाशित समय ११:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु