fbpx
Nepal Mediciti

गृहपृष्ठ विप्लव बन्द : प्रदेश एकमा आंशिक प्रभाव, केही स्थानमा शंकास्पद बस्तु 

विप्लव बन्द : प्रदेश एकमा आंशिक प्रभाव, केही स्थानमा शंकास्पद बस्तु 

नेत्रबिक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दले प्रदेश एकमा आंशिक रुपमा पार्यो ।

कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेका बन्दका कारण प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो । बन्दका कारण प्रदेश अस्थायी राजधानी विराटनगर र आसपासका क्षेत्रको यातायात सेवा दिनभर प्रभावित रह्यो भने शिक्षण संस्थाहरु बन्द भए । विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीका बसहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

बिहान पश्चिमतर्फ जाने २–४ वटा बस सञ्चालन भए पनि पहाडी जिल्ला तथा काकडभिट्टा जाने बस सञ्चालन हुन नसकेको पूर्व नेपाल यातायात व्यवसायी कम्पनीका शाखा इन्चार्ज किशोर धमलाले जानकारी दिए ।

बन्दका कारण सार्वजनिक सवारीका साधन सञ्चालनमा नआउँदा यात्रुहरुलाई भने सास्ती भएको छ । बिहानै बसपार्कसहित विभिन्न बिसौनीहरुमा पुगेका यात्रुहरु कोही हिडेरै गन्तब्य तर्फ लागेका छन् भने लामो दूरीका लागि निस्केका यात्रुको विजोग भएको छ । इटहरी भएर पूर्वी पहाड जिल्लाहरु धनकुटा, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा पनि सार्वजनिक सवारी चल्न सकेनन् ।

यस्तै सुनसरी सदरमुकाम इनरुवा तथा दक्षिण क्षेत्रमा भने बन्दको प्रभाव सामान्य रह्यो । बन्दका क्रममा सम्भावित दुर्घटना हुन नदिन बसपार्क सहित मुख्यमुख्य सडकहरुमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ ।

उदयपुरमा सुतली बम
उदयपुरको कटारीमा बिहान दुईवटा सुतली बम फेला परेका थिए । देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडि रुखको फेदमा दुईवटा सुतली बम भेटिएको बमलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । शिवम मल्टिपर्स प्रालिले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा आपूर्ति गर्दै आएको छ । बिहान करिब ६ बजे भेटिएको सुतली बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु