fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सांसदले सञ्चारमाध्यममा बोल्दा ध्यान दिनुपर्छ : उपसभामुख तुम्बाहाम्फे

सांसदले सञ्चारमाध्यममा बोल्दा ध्यान दिनुपर्छ : उपसभामुख तुम्बाहाम्फे

bishnumaya_tumbahamphe

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसदहरूले सञ्चारमाध्यममा बोल्दा ध्यान दिनुपर्ने बताएकी छन् । बिहिबार कर्णाली प्रदेश संसद सचिवालयको आयोजनामा सांसद र सञ्चार सम्बन्धमा गरिएको अन्तर्रक्रियामा उनले यस्तो बताएकी हुन् ।

‘सबै कुरा सबैले जानेको हुँदैन,’ उनले भनिन्, ‘सांसद र पत्रकारको बीचमा जसले जे जानेको छ त्यो एकअर्कामा आदान प्रदान गरिनुपर्छ ।’ विभिन्न सञ्चारमाध्यमहरुमा समेत के बोल्ने भन्ने बारेमा सांसदहरुले ध्यान दिनुपर्ने उनले बताईन् । ‘सञ्चारमाध्यमले आफूहरुले संसदमा बोलेका कुराहरु कति कभरेज गरेका छन् भन्ने विषयमा समेत सांसदहरुको ध्यान जानुपर्छ,’ उनले भनिन् ।

‘जनप्रतिधिले गरेका कुराहरु जनताले थाहा पाउनुपर्दछ,’ तुम्बाहाम्फेले भनिन्, ‘त्यो बाटो सञ्चारमाध्यम हो ।’

त्यस्तै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताका प्रतिनिधिले गरेको काम जनतासम्म पुगेन भने आफूहरु फेल हुने भन्दै सञ्चार माध्यमलाई सही सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै कर्णाली प्रदेश सरकारकी प्रवक्ता तथा भूमी, कृषी व्यवस्था तथा सहकारीमन्त्री बिमला केसीले तिर्खा लागेको बेलामा पनी जस्तै आवश्यकताको बेलामा सांसद र पत्रकार बीचको अन्तरक्रियाको आयोजना गरिएको बताईन् ।

प्रकाशित समय १५:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु