fbpx
Nepal Mediciti

गृहपृष्ठ योजना प्रष्ट भए विकास सम्भब छ : मन्त्री भण्डारी

योजना प्रष्ट भए विकास सम्भब छ : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामीला तथा कानुनमन्त्री नरेश भण्डारीले योजना प्रष्ट भए विकास सम्भब भएको बताएका छन् । बिहीबार नेपाल सरकार जनशक्ति प्रक्षेपणतथा मानब संसाधान विकास योजना तर्जुमा कार्यदल काठमाडौंले आयोजना गरेको प्रदेशस्तरिय अन्तर्रक्रियामा उनले यस्तो बताएका हुन् ।

‘हरेक कुराको योजना प्रष्ट हुनुपर्दछ,’ मन्त्री भण्डारीले भने, ‘सम्वृद्ध मुलुक बनाउन मानव संसाधनको विकास गर्नु जरुरी छ ।’

कर्णालीका लागि आवश्यक जनशक्ति योजनाबद्ध ढंगले विकास गर्ने तयारीमा भएको भन्दै मन्त्री भण्डारीले यो कार्यक्रमले झनै सहज भएको बताए । उनले थपे, ‘अमेरिकाले संसारका अब्बल मष्तिस्कहरुलाइ खरिदेर आफ्नो देशमा सम्बृद्धि ल्याएको छ । हामी हाम्रो देशमा पनि अब वैज्ञानिक तथा अन्वेषकहरुको उत्पादनमा लाग्नुपर्छ ।’

कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले प्रदेशको सम्वृद्धिका लागि स्थानीय जनशक्ति मात्रै प्रयोग गर्नुपर्ने सिकाई अहिलेको कर्मचारी समायोजनबाट भएको बताए ।

उनले भने, ‘कर्णाली प्रदेशमा पुर्वाधारमा मात्रै ३ सय जती कर्मचारी आवश्यक भए पनि अहिले सम्म १ सय भन्दा बढीले आवेदन दिएका छैनन् ।’ बाहिरबाट कर्णालीमा आउन मान्दैनन् । यसको लागी कर्णालीमै हरेक कामका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।

प्रकाशित समय १४:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु