fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ मुख्यमन्त्री राईद्वारा प्रदेश प्रहरी कार्यालयको भवन शिलान्यास

मुख्यमन्त्री राईद्वारा प्रदेश प्रहरी कार्यालयको भवन शिलान्यास

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । निर्माण हुने भवनको प्रदेशका मुख्यमन्त्री शेरधन राईले बुधबार शिलन्यास गरेका छन् ।

प्रदेश सरकारबाट वहुवर्षीय बजेट अनुसार आर्थिक बर्ष २०७५/०७६ मा ५ करोड रुपैयाँ बजेट विनियोजित भई सम्झौता भएको मितिले २ वर्षभित्र १६ हजार १ सय २१ वर्ग फिटमा ५ तले सुविधा सम्पन्न कार्यालय भवन निर्माण सम्पन्न हुने गरी बुधबार मुख्यमन्त्री शेरधन राईले एक समारोहका शिलालेख अनावरण गरी शिलान्यास गरेका हुन् ।

प्रकाशित समय १९:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु