fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ राउत समूहले कानुन उल्लंघन गरे कानुनी दायरामा ल्याउँछौं : महान्यायाधिवक्ता

राउत समूहले कानुन उल्लंघन गरे कानुनी दायरामा ल्याउँछौं : महान्यायाधिवक्ता

agni_kharel फाइल तस्बिर

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताएका छन् । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको मंगलबार उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

अर्को प्रसङ्गमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताए । उनले भने, ‘यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउँछ ।’

कानून उल्लंघन गरे फेरि पनि उक्त समूहलाई कानुनी दायरामा ल्याइने उनले बताए ।

सहन्यायाधिवक्ता थलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताइन् ।

चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम वि.सं. २०७४ पुसमा सम्पन्न भएको हो । चार तला रहेको उक्त भवनमा ४३ कोठा रहेको शहरी भवन डिभिजन कार्यालयका प्रमुख परीक्षित कडरियाले बताए । उच्च सरकारी वकिल कार्यालयसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि सञ्चालित छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बञ्जाडे र हरिभक्त पुन मगरलगायतले नयाँ भवन निर्माणसँगै सेवालाई पनि चुस्त बनाउन अनुरोध गरे ।

त्यस अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय १९:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु