fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, चिकित्सकबाटै कुटिए मृतकका दुई छोरा

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, चिकित्सकबाटै कुटिए मृतकका दुई छोरा

फाइल तस्बिर

जनकपुर अञ्चल अस्पतालमा मंगलबार एक बिरामीको चिकित्सकको लापरबाहीले मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका-६ का अन्दाजी ५० वर्षिय रामनारयण मण्डल छन् ।

हर्ट अट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्याइयो । तर इमरजेन्सी कक्षमा ड्यूटीमा खटेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्र उपचार सुरु गर्ने भने । मण्डलका छोरा टिकट काट्न जाँदा ढिलो भएकाले समयमै उपचार नहुँदा मण्डलको मृत्यु भएको आफन्तले जानकारी दिए ।

मृत्यु भएपछि मण्डलका छोराले चिकित्सकमाथि आरोप लगाएका छन् । सो क्रममा चिकित्सकहरुले मण्डलका दुई छोरा रमेश मण्डल र राजाराम मण्डललाई कुटपिट गरेका हुन् । छोराद्वयको कपडा समेत चिकित्सकहरुले च्यातिदिएका छन् ।

अहिले अस्पतालमा अवस्था तनावग्रस्त बनेको छ । भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । अस्पतालमा तनाव भएपछि उपचार सेवा प्रभावित बनेको छ । अस्पतालमा चिकित्सकको लापरबाहीले यसअघि पनि पटक पटक विरामीको मृत्यु भइसकेको छ ।

प्रकाशित समय १९:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु