fbpx
Nepal Mediciti

गृहपृष्ठ नेकपाकी सचेतक चौधरी अस्वस्थ

नेकपाकी सचेतक चौधरी अस्वस्थ

shanta_chaudhari

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन् । दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएकी थिइन् । हाल चौधरी होशमा आएको उनका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

बिहान करीब १० बजेतिर बेहोश भएकी चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होश आएको हो । चिकित्सकले उनको अवस्था सामान्य रहेको जानकारी दिएको स्वकीय सचिव दहितले बताए ।

उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए । चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोश भएकी थिइन् ।

प्रकाशित समय १५:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु