गृहपृष्ठ चार महिनादेखि शिक्षकले तलब पाएनन्

चार महिनादेखि शिक्षकले तलब पाएनन्

धनुषाको नगराइन नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाका शिक्षकहरुले तलब माग गरेका छन । गत मंसिरदेखि फागुन महिनासम्म पाउनुपर्ने रकम अहिलेसम्म नपाएको भन्दै शिक्षकहरुले तलब माग गरेका हुन् ।  शिक्षकहरुले तलब नपाउँदा घर परिवार चलाउन समस्या भएको भन्दै तलव भत्ता उपलब्ध गराउन नगरपालिका र गाउँपालिकालाई अनुरोध गरेका छन ।

स्थानिय तहबाट शिक्षकहरुले तलब र भत्ता पाउनुपर्ने भएपनि स्थानिय तहको लापरवाहीले गर्दा शिक्षकहरुले समयमै रकम पाएका छैनन् । नगराइनस्थित हाँसपट्टीको श्री राष्ट्रिय आधारभुत विद्यालयका प्रध्यानाध्यापक अशोक साहले नगरपालिकामा तलब भत्ताको लागि तकेता गर्दा पनि निकासा नभएको बताए ।

तलब भत्ताको माग गर्दै नगराइन नगरपालिकास्तरीय नेपाल शिक्षक संघको पदाधिकारी ७ दिने दिएको अध्यक्ष हरिनारायण मन्डलले जानकारी दिए । लक्ष्मीनियाँ गाउँपालिकास्थित श्री राष्ट्रिय आधारभुत विद्यालय भंगहाका शिक्षक नवलकिशोर यादवले आफूहरुले ४ महिनादेखिको तलब भत्ता नपाएको र होलीको समयमा समेत तलब भत्ता नपाएको बताए ।

शिक्षक यादवले स्थानीय तहमा आएको तलब निजामति कर्मचारीको जस्तै नियमित रुपमा पाउनुपर्ने माग गरे ।यता, नगराइन नगरपालिकाका प्रमुख परमेश्वर यादवले खाता संचालनको लागि कार्यकारी र लेखा अधिकृत नभएकाले समस्या भएको बताए । शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले स्थानीय तहलाई  शिक्षकहरुकाे  तलब समयमै दिन निर्देशन दिइएको बताए ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु