fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ प्रदेश ५ मा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा

प्रदेश ५ मा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा

प्रदेश नम्बर ५ का १२ र गण्डकी प्रदेशको नवलपुर जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार स्थानिय तहमा हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रदेश नम्बर ५ का १२ जिल्ला र गण्डकी प्रदेशको नवलपुर जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले त्यस्तो तथ्यांक सार्बजनिक गरेको हो । तथ्यांक अनुसार सबैभन्दा बढी संघीय मामिला मन्त्रालयअन्र्नगतका कार्यालयहरूमा भ्रष्टाचार हुने गरेको पाइएको हो ।
अन्य विधागत मन्त्रालयको तथ्यांकभन्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगतका कार्यालयहरूमा हुने भष्ट्राचारको दर दोब्बर बढी भएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा प्रमुख तारानाथ अधिकारीका अनुसार आर्थिक बर्ष २०७५÷०७६ को फागुन मसान्तसम्म सबैभन्दा बढी संघीय मालिम तथा स्थानीय विकाय मन्त्रालयअन्र्तगतका उजुरी कार्यालयमा दर्ता भएका छन् ।

कार्यालयमा दर्ता हुने उजुरीको आधारमा जिल्ला संमन्वय समिति र स्थानिय तहमा बढि भष्ट्राचार हुन्छ भन्न कुनै आपत्ती नभएको अख्तियार प्रमुख अधिकारीको भनाई छ ।

अख्तियारको कार्यालय बुटवलमा आर्थिक बर्ष २०७५÷०७६ मा को फागुन मसान्तसम्म कुल १ हजार १ वटा उजुरी दर्ता रहेकोमा ४ सय ९२ वटा उजुरी र्फछ्र्याैट भएका छन् । अख्तियार कार्यालय बुटवलका उपसचिव नारायणप्रसाद पाण्डेका अनुसार मुद्धाको फछ्र्यौटको अवस्था ४९.१५ प्रतिशत छ ।

उपसचिव पाण्डेका अनुसार संघीय मामिला तथा स्थानीय मन्त्रालयअन्तर्गत उजुरी सबैभन्दा बढि छन् । संघीय मामिला तथा स्थानीय तहअन्र्तगत ३ सय ५७ वटा उजुरी परेकोमा कुल १ सय ५३ वटा मात्रै फछ्र्र्यौट भएका छन् । यस्तै संघीय मामिला तथा स्थानीय तहपछिको सबैभन्दा बढी शिक्षा मन्त्रालय मातहतका उजुरी अख्तियारमा परेका छन् । तथ्यांकअनुसार शिक्षा क्षेत्रका कुल ३ सय १० वटा उजुरी परेकोमा १ सय ३८ वटा उजुरी फर्छयौट भएका छन् ।

यस्तै भुमीसुधार सम्बन्धी ८५ वटा उजुरी परेकोमा ४३ वटा फछ्र्र्यौट, भौतिक पुर्वाधार विकाससम्बन्धी ५० वटा उजुरी परेकोमा ३१ वटा फछ्र्र्यौट, वन वातावरण सम्बन्धी ४९ वटा उजुरी परेकामा ३१ वटा फछ्र्र्यौट, उर्जासम्बन्धी कुल ३४ वटा उजुरी परेकामा कुल २४ वटा फछर्र्यौट, स्वाथ्यसम्बन्धी ३३ वटा उजुरी परेकोमा १५ वटा फछर्र्यौट, गृह मन्त्रालयसम्बन्धी २८ वटा उजुरी परेकामा २४ वटा फछ्र्र्यौट, कृषि मन्त्रालयसम्बन्धी १४ वटा उजुरी परेकामा ११ वटा फछ्र्र्यौट र अन्य ४१ वटा उजुरी परेकामा २२ वटा उजुरी फर्र्र्छौट भएका छन् ।

भष्ट्राचारसम्बन्धी उजुरी पर्ने जिल्लामा सबैभन्दा बढी प्रदेश ५ मा रुपन्देही अगाडि देखिएको छ । तथ्यांकअनुसार रुपन्देहीमा आर्थिक बर्ष २०७५÷०७५ को फागुन मसान्त सम्म ३३८ वटा उजुरी दर्ता भएका छन् । तिनमा ७७ वटा उजुरी फछ्र्र्यौट भएका छन् । यस्तै कपिलवस्तु दोस्रो सबैभन्दा बढी उजुरी पर्ने जिल्लामा परेको छ । जसमा १ सय ९७ वटा उजुरीमा कुल ९५ वटा उजुरी फछ्र्र्यौट भएका छन् ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख अधिकारीले कुनै पनि निकायमा भष्ट्राचार भैरहेको जानकारी हुँन आए तुरन्त जानकारी दिन आग्रह गरेका छन् । उनले अख्तियारले स्ट्रीङ्ग अप्रेसन चलाएर कतिपय समयमा लाखौ रुपैयाँ दोषीबाट अशुल उपर गरेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
गाडी खरिद प्रकरण विस्तृत अनुसन्धान प्रक्रियामा
प्रदेश नम्बर ५, प्रदेशसभा सचिवालयले खरिद गरेको गाडीमा अनियमितता भएको खबर सार्वजनिक भएपछि छानविन थालेको अख्तियारले प्रारम्भीक अनुसन्धानपछि विस्तृत अनुसन्धानको क्रममा रहेको जनाएको छ । केन्द्रबाटै खटिएको अनुसन्धान टोलीले यस विषयमा थप अनुसंन्धान गरिरहेको अख्तिायारको बुटवल कार्यालयले जनाएको छ ।

प्रकाशित समय १८:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु