fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सन्दर्भ कण्डम दिवस : प्रयोग गर्न नजाने क्यान्सरसम्म हुन्छ

सन्दर्भ कण्डम दिवस : प्रयोग गर्न नजाने क्यान्सरसम्म हुन्छ

फेब्रअरि १३ ‘अन्तर्राष्ट्रिय कण्डम दिवस’ नेपालमा पनि यो दिवसले पछिल्ला वर्षमा चर्चा पाउन थालेको छ ।

कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने बस्तु भए पनि आजभोलि भने महिलाले प्रयोग गर्ने कण्डम पनि बजारमा उपलब्ध भइसकेको छ । कन्डम परिवार नियोजनको अस्थायी साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य संक्रमण जस्तै एचआइभी एड्स र धेरै यौनरोग सर्नबाट बचाउछ ।

कण्डमलाई परिवार नियोजनको सरल र सुलभ साधनका रुपमा लिइन्छ । तर, कण्डम सहि तरिकाले प्रयोग गर्न नजाने यसका बेफाइदा सहनुपर्ने हुन्छ । कण्डमको सही प्रयोग नहुँदा यौनजन्य रोग सर्नुका साथै महिलाको यौन अंगमा पनि क्षति पुग्नसक्छ ।

कण्डमका फाइदा

कण्डमको प्रयोगले सुरक्षित यौनसम्पर्क, अनिच्छित गर्भधारण रोक्ने, पाठेघरको इन्फेक्सनबाट जोगाउने, एचआइभीजस्ता यौन रोग लाग्नबाट बचाउने ।

कण्डम प्रयोग गर्दा हुने बेफाइदा
हप्ताको २ पटकभन्दा बढी कण्डम प्रयोग गरे योनीको अन्तरिक भागमा हुने झिल्लीको शंवेदनशीलतामा कमी आउँदै समाप्त हुन सक्छ । योनी सुख्खा हुने र पछि योनीमा सामान्य स्पर्श हुँदासमेत पिडा हुनसक्छ ।

योनी सर्भिक्समा घाउ र कण्डमको लगातारको प्रयोगले योनी सर्भिक्स काटिन सक्छ । कसैको डरलाग्दो घाउ पनि हुनसक्छ र योनी सुन्निन सक्छ । यस्तो भयो भने रक्तश्राव पनि हुने गर्दछ । यस्तै अवस्था रहिरहे योनी सर्भिक्स र गर्भशायको क्यान्सर हुने सम्भावना पनि हुन्छ । लेटेक्सबाट बनेको कण्डम एलर्जीको सबैभन्दा प्रमुख कारण हो ।

सही प्रयोग गर्ने कसरी ?
१. कण्डमलाई उत्तेजित लिंगमा ध्यान पुर्याएर लगाउनुपर्छ, कण्डम लगाउने क्रममा हावा पस्नुहुदैन र वीर्य रहने ठाउँ पनि रहनु आवश्यक हुन्छ ।

२. कण्डमको भित्र हावा छ कि छैन भनि जाँच गर्नुपर्छ । हावा लिकेज भएको कण्डमले मिति नसकिएको भए पनि राम्रो काम नगर्न सक्छ ।

३. कण्डम झिकिसकेपछि उक्त कण्डममा चिल्लोपदार्थ छ वा छैन जाँच गर्नुपर्छ ।

४. कण्डम सुल्टो र उल्टो हुन्छ । कण्डमको टुप्पोलाई भित्रबाट निकालेर तीन औँलाले लिंगको टुप्पोमा टपक्क समाउनु पर्छ । किनभने, वीर्य स्खलन भइसकेपछि वीर्य रहने ठाउँ होस र कण्डममा हावा नरहोस । सो समयमा नङले कण्डमलाई छुनु हुदैन ।

५. किन्ने बेलामा मिति जाँच गर्नुहोस् ।

६. वीर्य स्खलनपछि कण्डमलाई लिंगबाट बाहिर निकाली, गाँठो पारेर जलाइदिनुपर्छ वा खाल्टो खनेर पुर्नुपर्छ । यसलाई ट्वाइलेटमा नहाल्नु, किनकी यसमा १० लिटरसम्म पानी अट्न सक्छ जसको कारण ट्वाइलेट जाम हुन पनि सक्छ ।

प्रकाशित समय १२:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु