fbpx
Nepal Mediciti

गृहपृष्ठ अमेरिकामा बाख्रो मेयर !

अमेरिकामा बाख्रो मेयर !

lincoln-goat-mayor-newskarobar

अमेरिकाको फेयर हेवन सहरमा बाख्रोलाई मेयर जिताइएको छ । करिब २ हजार ५ सय जनसंख्या भएको अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको सो सहरमा एउटा बाख्रोलाई मेयर पदमा जिताइएको छ ।

लिंकन नाम दिइएको उक्त बाख्रो तीन वर्षको छ । लिंकनले १५ जना अन्य जनावरसँग प्रतिस्पर्धा गरेर मेयरको चुनाव जितेको हो । फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । ‘टाउन म्यानेजर’का रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनी निर्वाचित प्रतिनिधि होइनन् ।

एक वर्षका लागि निर्वाचित भएको लिंकनले सहरका विभिन्न कार्यक्रममा अतिथिको भूमिका निभाउनेछ । त्यस्तै ‘स्मृति दिवस’को परेडमा पनि सहभागी हुनेछ । जनावरलाई मेयर बनाउने आइडिया जोसेफकै हो । मेयरका लागि कुकुर, बिरालालगायतका १५ जनावरले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित समय १६:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु