गृहपृष्ठ कर्णाली कलाको खानी हो : मन्त्री रावल

कर्णाली कलाको खानी हो : मन्त्री रावल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश कलाको खानी भएको बताएका छन् । बुधबार रारा नाटक महोत्सव २०७५ को समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘नेपाली भाषाको उद्गम स्थलको रुपमा रहेको कर्णाली कलाको खानी पनि हो । ’ समाजको ऐनाको रुपमा रहेको नाटक विधालाई संरक्षण गर्नको लागि कर्णालीमा आरङ्ग नेपालले अनुलनिय काम गरेको भन्दै मन्त्री रावलले सुर्खेतमा नाट्य घर निर्माणको लागि पहल गर्ने बताए ।

मन्त्री रावलले आगामी वर्षको निती तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले नाट्य घर निर्माणको लागी बजेट बिनीयोजन गर्ने बताए । नकारात्मक भन्दा पनि सकारात्मक र संघीयतालाई सफल पार्ने खालका नाटकहरु समेत मञ्चन गर्नुपर्ने मन्त्री रावलले बताए ।त्यस्तै आरङ्ग नेपाल सुर्खेतले बरिष्ठ कलाकार तथा रंगकर्मी प्रेमदेव गिरीलाई सम्मान गरेको छ । रारा नाटक महोत्सब गत चैत्र २३ देखी २९ गते सम्म सञ्चालन भएको थियो ।

नाटकमा देशभरबाट १३ वटा नाटक प्रस्तुत गरिएको थियो । सुर्खेतमा नाट्य घर नभएपनि रंगमञ्चलाई स्थापित गर्नको लागि महोत्सवको अयाोजना गरिएको आरङ्ग नेपालका अध्यक्ष गणेशभक्त गौतमले बताए ।

महोत्सब अवधिभर कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघसंस्था, कलाकार तथा पत्रकारहरुले निकै सहयोग गरेको र विशेष गरी सांस्कृतीक संस्थानको सहयोगमा महोत्सब सफल भएको गौतमले बताए । सांस्कृतीक संस्थान काठमान्डौं तथा आरङ्ग नेपाल सुर्खेतको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको थियो ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु