fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सकियो देवदह मेला, दश करोडको कारोबार, ३ लाखले गरे अवलोकन

सकियो देवदह मेला, दश करोडको कारोबार, ३ लाखले गरे अवलोकन

mela_sakiyo

पाँचौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव मंगलबार सकिएको छ ।

मेलाको करिब ३ लाख दर्शकले अवलोकन गरेको र दश करोड बराबरको कारोबार गरेको मेला आयोजक संस्था देवदह उद्योग वाणिज्य संघले जनाएको छ । फागुन १७ गतेदेखि लागेको मेलामा कृषि, पर्यटन, गार्मेन्ट, अटो, सूचना तथा प्रविधि, होटल रेष्टुरा लगायतका करिब तीन सय स्टलहरु राखिएको थियो ।

मेलाको समापन गर्दै प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले मुलुकमा शान्ति सुरक्षाको सुदृण गर्न सरकार गम्भीर रहेको बताए ।

उनले देवदहमा श्रृंखलाबद्ध रुपमा घट्ने घटनाले व्यवसायीलाई त्रसित पारेको उल्लेख गर्दै शान्ति सुरक्षालाई चुस्त राख्न देवदहमा ईलाका प्रहरी कार्यालय स्थापनाका विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । स्थायी प्रदर्शनीस्थल निर्माणका लागि आफ्नो भूमिका सकारात्मक रहने उनको भनाई छ । कृषि प्रवर्द्धनको विषय सरकारले गम्भीरताका साथ लिएकाले कृषकका समस्या समाधान गर्न खुल्ला हृदयका साथ लाग्ने उनले आश्वासन दिएका छन् ।

प्रकाशित समय १८:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु