fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ पोखरामा सुरु भयो फेवा महोत्सव

पोखरामा सुरु भयो फेवा महोत्सव

पर्यटनको राजधानी घोषणा गर्न मुख्य मन्त्रीको माग

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरालाई पर्यटनको
राजधानीको रुपमा घोषणा गरिए नेपाल भ्रमण बर्ष २०२० मा १० लाख पर्यटक
यहीँबाटै भित्र्याउने बताएका छन् । पोखराको फेवाताल किनारामा शुक्रबार
सुरु भएको १६ औं संस्करणको फेवा नव बर्ष महोत्सवको उद्घाटन
गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
गण्डकी प्रदेशले मन्त्रिपरिषद्बाट पोखरालाई पर्यटनको राजधानीको रुपमा
घोषणा गर्न संघीय सरकारसमक्ष माग गरे पनि हालसम्म घोषणा नभएकोमा
गुनासो गर्दै मुख्य मन्त्री गुरुङले पोखरालाई
पर्यटन राजधानी घोषणा गरिए उत्सव समेत मनाउने जनाए ।
पोखरालाइ पर्यटनको हबको रुपमा विकास गर्न पनि पोखरालाई पर्यटनको
राजधानी घोषणा गर्नुपर्ने उनको माग थियो । आगामी एक बर्षभित्र गण्डकी
प्रदेश सरकारले लगानी सम्मेलन गरी यस प्रदेशमा लगानीको वातावरण सृजना गर्ने
उनले जनाए । उनले भने, ‘हालै नेपालमा भएको लगानी सम्मेलन पोखरामा हुने
कुरा थियो । तर एक हजार सिट क्षमताको सभा हल नभएकाले यहाँ गर्न सकिएन । अब हामीले यस प्रदेशमा कम्तिमा एक हजार सिट क्षमताको सभा हल निमार्ण गर्न खोजेका छौं,’ यसमा निजी क्षेत्रसंग सहकार्य गरी हामी अघि बढ्ने योजनामा छौं ।’
पोखरामा चिडियाखाना, व्यबस्थित बसोवास, व्यबस्थित सडक संजाल, हरियाली
वातावरणलगायतका बिषयमा प्रदेश सरकार गम्भिर भएको मुख्य मन्त्री गुरुङले बताए । गण्डकी प्रदेशमा भएको अब्यबस्थित बसोवासलाई सहुलियतको अपाटमेन्ट सिस्टमा लैजाने योजना प्रदेश सरकारको रहेको उनले जनाए ।
गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल संरक्षणको बिषयमा सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्न आफुहरु कटिवद्ध भएको बताए । पोखराको पर्यटनको कुरा गर्दा फेवाताल विना अधुरो हुने जनाउदै फेवाताल संरक्षणमा सवै लाग्नु पर्ने बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले
पोखरा जोड्ने विभिन्न सडक मार्ग कम्तिमा ४ लेनको हुनु पर्ने बताए ।
पश्चिमाञ्चल होटल संघको आयोजनामा संचालन भएको उक्त महोत्सवमा ११ भेज र ११ ननभेज गरी २२ थरिका खानाका परिकार उपलब्ध भएको संघका अध्यक्ष एवं
महोत्सव संयोजक विकल तुलाचनले बताए ।

यसै बिच फेवा नव बर्ष महोत्सवको उद्घाटन सत्रको अवसरमा आमा समुह तथा
महिलाहरुलाई उचित सम्मान गर्न नसकेको भन्दै महिलाहरु रुष्ट भएका छन् । उद्घाटन सत्रको अवसरमा विभिन्न व्यक्तिहरुको नाम उच्चाहरण गरी रहँदा ३६ वटा महिला तथा आमा समुहको नामसमेत नलिएको भन्दै महिलाहरु कार्यक्रमको बीचमै हिँडेका थिए । त्यसपछि आयोजक सहित पर्यटन व्यवसायीले माफी माग्दै कार्यक्रममा बस्न आग्रह गरेका थिए । करिब एक घण्टा ढिलो सुरु भएको उद्घाटन सत्रमा ३० जना भन्दा बढीको नाम आसन ग्रहणका लागि बोलाउँदा एक जना महिलालाई पनि मन्चमा नराखेका र आमा तथा महिला समुहको नाम नलिएकोमा महिलाहरु रुष्ट भएका थिए । खानासमेत नखाई प्रचण्ड गर्मीमा सहभागी हुँदा
आफुहरुलाई आयोेजकले सम्मान गर्न नसकेकोले आफ्नो बाटो
लागेको खहरे आमा समुहका अध्यक्ष मैया थापा भट्टराइले बताइन ।

नेपाली नषाँ बर्षको अवसरमा बैदामको कोमागाने पार्कमा वैशाख एक गतेसम्म
संचालन हुने उक्त महोत्सवमा खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएको
महासचिव पहारीले बताए । महोत्सवमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी
प्रदेशस्तरीय नृत्य प्र्रतियोगिता, पर्यटन दौड प्रतियोगिता, लोकदोहोरीक
कार्यक्रम, वाल उद्यान, पप कन्र्सटलगायतका कार्यक्रम रहेको उनले जनाए । संघ
अन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट दिने भएको संघले जनाएको
छ ।

प्रकाशित समय १७:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु