fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ वैज्ञानिकसँग पढे प्रधानमन्त्रीले इनोभेसनका सूत्र

वैज्ञानिकसँग पढे प्रधानमन्त्रीले इनोभेसनका सूत्र

स्विजरल्यान्डमा प्रधानमन्त्रीसँग इनोभेसनका कुरा

PM oli_Zurich_NewsKarobar

स्विट्जरल्यान्डमा विज्ञान अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड (नेपसास)ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवीन–आविष्कारमा आयोजित नेपालको अवधारणबारे अन्तक्रिया गरेको छ ।
जुरिखको स्विस फेडरल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा माघ ११ गते आयोजित कार्यक्रममा त्यहाँ कार्यरत वैज्ञानिक तथा विज्ञानका विद्यार्थीहरूले कसरी नवीन आविष्कार (इनोभेसन)लाई विकास प्रक्रियामा नेपालले अबलम्बन गर्नसक्दछ भन्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए । इटीएच ग्लोबलसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेपसासले प्रविधि र अनुसन्धानको नतिजालाई युनिभर्सिटीदेखि समाजसम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिइएको नेपसासका अध्यक्ष रञ्जन मिश्रले जानकारी दिए ।
कार्यक्रमका प्रस्तुतिहरूलाई निकै अभिरुचिपूर्वक हेर्ने र सुनेपछि प्रधानमन्त्री ओलीले नेपालले प्रविधिमुखी सुशासन अबलम्बनका दिशामा कार्यहरू अगाडि बढाइसकेको बताए ।
कार्यक्रम इटीएच जुरिकका अनुसन्धान एवं विकासतर्फका उपाध्यक्ष डेट्लेफ गुन्थरले स्वागत क्रममा इटीएचले नवीन सिर्जना र उद्यमशीलताका विषयमा पढाउने विषय वस्तुबारे विस्तृत जानकारी दिएका थिए ।

तस्बिरहरूः

प्रकाशित समय १८:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु