fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ एनआरएनए स्कटल्याण्डको हिल वाकमा सय जना सहभागी

एनआरएनए स्कटल्याण्डको हिल वाकमा सय जना सहभागी

एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्टमा सय जना सहभागी भएका छन् ।
एनआरएनए स्कटल्याण्डले सचेतना जगाउन फरक खालको हिल वाक इभेन्ट आयोजना गरिएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए । ‘यस कार्यक्रमले एनआरएनएको सदस्यता र संगठन बिस्तारमा सहयोग पुगेको छ’ उनले भने । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलनसमेत गरिएको छ । उक्त कोषमा संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने अध्यक्ष कार्कीले बताए ।
डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो। एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट गैरआवासीय नेपालीको सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।
हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचारसमेत गरिएको छ। उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गर्नु भएको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो। एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक गैरआवासय नेपालीले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दुतावास र पर्यटन बोर्डसँग समन्वय गरिरहेको उनले बताए ।

प्रकाशित समय १६:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु