fbpx
Nepal Mediciti

गृहपृष्ठ एनआरएनद्वारा साउदीको जेद्दामा साहित्यिक कार्यक्रम

एनआरएनद्वारा साउदीको जेद्दामा साहित्यिक कार्यक्रम

sahityik-program-newskarobar

गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले जेद्दामा साहित्यिक कार्यक्रम आयोजना गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धन तथा साहित्यप्रेमीहरूको पहिचान गर्ने उद्देश्यका साथ मार्च १ गते साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली महावाणिज्य दूतावासको हलमा भएको कार्यक्रममा जेद्दा क्षेत्रमा रहेका साहित्यप्रति रुचि राख्ने नेपाली समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत रेवतीरमण पौडेलले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति उच्च लगाव राख्दै नेपाली साहित्यको प्रवर्धन गर्न यस्ता साहित्यिक कार्यक्रम हुनु गौरवको विषय भएको बताए ।

कार्यक्रममा विष्णु न्यौपाने, रेवतीरमण पौडेल, राजेश काफ्ले, रामराधा घिमिरे, सन्तोष लुइँटेल, अञ्जन पोखरेल, दिलबहादुर थिङ तामाङ, राजकुमार गिरी, अर्जुन गिरी, आदित्य पौडेल, प्रेम बराइली, दिवस दाहाल, अनिष बम्जन, दिपकराज उपाध्याय, सुमन सलामी मगर, शान्ति तामाङ, गुरास राई, सागर राना, लाफा दिप मगर, अर्जुन गुरूङले आ-आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा महावाणिज्य दूतावासका श्रमसहचारी राजु कुँवर, उपवाणिज्य दूत झुपलाल पुन मगर, एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष घ्रुव रिजाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरका उपाध्यक्ष अञ्जन पोखरेलको उपस्थिति थियो ।

प्रकाशित समय १४:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु