fbpx
Nepal Mediciti

गृहपृष्ठ यूएईमा नेपाली समुदायलक्षित लखपति योजना सार्वजनिक

यूएईमा नेपाली समुदायलक्षित लखपति योजना सार्वजनिक

uae-exchange-newskarobar

यूएई एक्सचेन्जले नेपाली नयाँ वर्षको अवसरमा लखपति बन्ने योजना सार्वजनिक गरेको छ । यूएईमा कार्यरत नेपाली ग्राहकलाई लक्षित गर्दै यूएई एक्सचेन्जले ‘नयाँ वर्षको वहार, जितौँ हरेक हप्ता एक लाख उपहार’ नामक योजना ल्याएको हो ।

युएई एक्सचेन्जका कुनै पनि शाखाबाट नेपालमा ग्लोबल आइएमई तथा ग्लोबल बैंकमा पैसा पठाउने ग्राहक लखपति योजनामा सहभागी बन्न सक्नेछन् ।

सात हप्तामा सातजना लखपति बन्ने योजना फागुन १७ गतेदेखि सुरु भई वैशाख २ गतेसम्म चल्नेछ । यो योजनामा सहभागी ग्राहकको कुपन हरेक हप्ता खोलिनेछ । डिजिटल गोलाप्रथाद्वारा विजेता छानिने र हरेक हप्ता एकजनाले १ लाख रुपैयाँ नगद जित्नेछन् । यूएईमा सञ्चालन हुने यस्ता योजनामा सहभागी नेपालीले ठूलो धनराशि हात पार्दै आएका छन् ।

 

प्रकाशित समय १४:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु