धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अंकले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ ।
यस्तै, ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अंकले ओरालो लागेर ३६२.०९ मा ओर्लेको छ । कुल २३७ कम्पनीको ५० लाख आठ हजार ७७१ कित्ता सेयर एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख १८ हजार बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१.२९, व्यापार ३९.३९, होटल तथा पर्यटन ६७.१३, विकास बैंक ११९.८६, जलविद्युत् ८६.३६, वित्त ४७.१, निर्जीवन बीमा २१८.०५, उत्पादन ९५.९७, अन्य ३३.१९, लघुवित्त १०२.१५, जीवन बीमा १४३.३८, सामूहिक लगानी कोष ०.२५ र लगानी २.२३ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको नौ करोड ५३ लाख १२ हजार ५१० बराबरको कारोबार भयो । यस्तै, लक्ष्मी बैंक छ करोड ३६ लाख ८५ हजार ३७५, नबिल बैंक पाँच करोड ५३ लाख ६९ हजार ६८७, हिमालयन डिस्टिलरी चार करोड ५२ लाख ४२ हजार २८८ र एनआइसी एसिया बैंक चार करोड १५ लाख ५९ हजार ४९२ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार घटेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । त्यस्तै, एनआइसी ब्यालेन्स फण्ड ३.९४, विन नेपाल लघुवित्त २.७० र गुर्खाज फाइनान्सका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।
यस्तै शिवश्री हाइड्रोपावर ९.५६, लिवर्टी इनर्जी ९.२१, सामलिङ पावर ८.५०, एनआइबिएल प्रगति फण्ड ८.३२ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाए ।