चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालि र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ ।
बिहीबार हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्य र आइएमईका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सेवा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकले बिमाको सीमा अवधिसम्म चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालिबाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सक्नेछन् ।