खप्तड लघुवित्त वित्तीय संस्थाले मेगा क्यापिटल्स मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
सेयर निष्काशन बाँडफाँड पश्चात कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
यसका लागि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्थाका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
खप्तड लघुवित्तले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।