Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

न्युज कारोबार काठमाडौं असार ९, २०७९       

jeewan-bima-jaruri-chha माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । 

माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौँमा निवेदन दिनुपर्ने छ ।

यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु