Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

न्युज कारोबार काठमाडौं असार ९, २०७९       

jeewan-bima-jaruri-chha देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । मतपरिणाम घोषणा भएका ७५२ पालिकामध्ये माओवादी केन्द्रले १२२ पालिकाको नेतृत्व जितेको छ । 

‘हामीले कम्तीमा योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले पनि राम्रो मेहनत गर्दा १७०/१७५ सम्म हाम्रो आउँछ । एमालेको पनि १६०/१७० तिर झर्छ र हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छौँ भन्ने आंकलन गरेका थियौँ,’ बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा उनले भने ।

प्रचण्डले परिणाम आफूहरुले आंकलन गरेकोभन्दा केही कम भए पनि अरुका लागि चाहिँ बढी भएको बताए । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ । 

‘हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठुलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौँ । १२२ पालिका जित्यौँ । या भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरुले माओवादीको यत्रो अयो भन्ने ठानेका छन्,’ उनले भने,‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु थियो । यसले संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापन भएको छ । हामीले कति जित्यौँ भनेर हेर्दा एउटा चित्र देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा जसले जिते पनि माओवादीले जितेको देख्छु म । यो जित परिवतन विरोधीको हो । देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’

प्रचण्डले ठुलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भएर संसद् पुनःस्थापना भएकोसमेत बताए । 

सम्बन्धित खबरहरु